स्वास्थ्य र पर्यटनको लागि हाइकिङको ३३ औं श्रृङ्खला
पाेखरा | बैशाख ३, २०८०
पोखरा: स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार ३३ औं श्रृङ्खाला कास्कीको पर्यटकीय गाउँ मिर्सामा सम्पन्न गरेको छ ।
कास्की जिल्ला भित्र सामुदायिक होमस्टे संचालन गरेका कालाबाङ घरेडी सामुदायकि होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष वविता गुरुङ र सचिव झलश्री गुरुङ पहिलो पटक हाइकिङमा सहभागी भएका थिए । उनिहरुले पनि हाइकिङले होमस्टेको प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
हाइकिङ गर्न रुचाउने १० वर्ष देखि ६५ वर्षसम्मका विद्यार्थी, व्यवसायी, समाजसेवी, पत्रकार, वैदेशिक रोजगारबाट फर्किएका, पर्यटन व्यवसायी, शिक्षा सेवी लगाएत ३२ जनाको सहभागिता रहेको थियो ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महागरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेले हाइकिङलाई ग्रामिण पर्यटन संग जोड्न सकेमा मात्रै नेपालको पर्यटन विकास हुने वताएका छन् । हाइकिङको ३३ औं श्रृङ्खलासम्म ल्याउन पनि भिटोफको प्रत्यक्ष अप्रत्यक्ष भुमिका रहेको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

